Updates you Always

टीभीएसको पहिलो क्रुजर बाइक– फिङ्गर प्रिन्टबाट स्टार्ट हुने !

काठमाडौं । स्पोर्टी बाइकका लागि चर्चित टीभीएसले अब क्रुजर सेग्मेन्टमा पनि बाइक उत्पादन गर्ने भएको छ ।

टीभीएसले सन् २०१८ को इन्डियन अटो एक्स्पोमा आफ्नो पहिलो क्रुजर मोटरसाइकल ‘जेप्लीन आर’को कन्सेप्ट सार्वजनिक गरेको थियो । टीभीएसले उक्त कन्सेप्टलाई यथार्थ रुप दिएको छ र सम्भवतः सन् २०२१ को शुरुवातदेखि नै टीभीएसको पहिलो क्रुजर बाइकको बिक्री शुरु हुने छ ।
टीभीएसले ‘जेप्लीन आर’ ब्राण्ड नाम दिएर आफ्नो क्रुजर बाइक बजारमा ल्याउने भएको छ ।
यो बाइकको डिजाइनमा थुप्रै युनिक फिचर समावेश हुने जनाइएको छ । यो बाइकमा अक्टागनर इन्स्ट्रुमेन्ट कन्सोल, रेक्ट्यागुलर रियर भ्यू मिरर, राइट साइड फ्यूल ट्याङ्क जस्ता नौला मानिएका प्रयोग हुनेछन् ।
याथै, यो बाइक बेल्ट ड्राइभमा आधारित हुने छ । अर्थात् यो बाइक चेनमा आधारित नभइ बेल्टमा आधारित भएर गुड्ने छ । बेल्ट ड्राइभको फाइदा भनेको १०–१२ हजार किलोमिटर गुडिसकेर चेन स्पोर्केट बिग्रिएला भन्ने झन्झट हुँदैन । बेल्टको आयु चेनको तुलनामा ७ गुणासम्म बढी हुन्छ । यस्तै, चेन ड्राइभका कारण उत्पन्न हुने भाइब्रेसन पनि यसमा महशुस हुने छैन ।
यो बाइकमा हुने अर्को युनिक फिचर भनेको ‘वायो कि’ हो । ‘वायो कि’को मतलव हो तपाईंले आफ्नो फिङ्गर प्रिन्टको मद्दतबाट बाइक स्टार्ट गर्न सक्नुहुनेछ । बाइकमा फिङ्गर प्रिन्ट स्क्यानर दिइएको हुनेछ, जसमा तपाईंले आफ्नो फिङ्गर प्रिन्ट सेट गर्नुपर्ने हुन्छ ।
यो बाइकको अगाडि (हेडलाइटको छेउमा) इन्ट्रिगेटेड एचडी क्यामेरा पनि हुनेछ । यसका अतिरिक्त इन्टरनेट कनेक्टिभिटी, गोल्डेन कलर यूएडी फर्क, मोनोशक सस्पेन्सन, डबल च्यानल एबीएस जस्ता अन्य धेरै फिचर यो बाइकमा हुनेछन् ।
टीभीएसले आफ्नो जेप्लीन कन्सेप्टमा हाइब्रिड पावरट्रेन दिएको थियो । जसअनुसार बाइकमा २२० सीसीको सिंगल सिलिन्डर पेट्रोल मोटर (इन्जिन) हुने छ । यस्तै, १२०० वाटको रिजेनेरेटीभ इलेक्ट्रिक मोटर जडान गरिएको हुनेछ ।
पेट्रोल मोटर र इलेक्ट्रिक मोटर एकआपसमा जोडिएका हुनेछन् । इलेक्ट्रिक मोटरले बाइकलाई थप पावर प्रदान गर्ने छ ।
१२०० वाटको रिजेनेरेटीभ इलेक्ट्रिक मोटरले इन्धनको खपतलाई पनि कम गर्ने छ । सामान्यतः २२० सीसी इन्जिनको बाइकले प्रतिलिटर पेट्रोलमा ३० किलोमिटरको आसपास माइलेज दिने अपेक्षा गरिन्छ । १२०० वाटको रिजेनेरेटीभ इलेक्ट्रिक मोटरका कारण यो बाइकले ५० किलोमिटरसम्मको माइलेज दिने छ ।
यद्यपि, २०२१ मा बजारमा आउने ‘जेप्लीन आर’ कुन इन्जिन र हाइब्रिड टेक्नोलोजी रहने छ भन्ने विषय अहिलेसम्म पक्का भइसकेको छैन ।
मूल्यका हिसाबले भारतीय बजारमा यो १ लाख ५० हजार भारु (अनरोड)मा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
Share:

0 comments:

Post a Comment

www.mdniyaj.com.np

Search This Blog

Powered by Blogger.

My Openion and Suggestion .मेरो विचार अनि तर्क .

Bollywood Box Office Collection Reports & Verdict on all over India only ( 2022-2021)

  Movie Opening Weekend First Week Total Collection (India) Worldwide Collection Verdict Bhediya 7.48 cr 28.55 cr --- 28.55 cr --- --- Drish...