एमसीसीबारे छलफल गर्न ३ सदस्यीय कार्यदल गठन
20+ Upcoming IPO in Nepal With Date in 2021(2078)
20+ Upcoming IPO in Nepal With Date in 2021(2078)
Company Name | No. of Units | Open/Close Date |
Reliable Life Insurance Ltd. (For general public @ Rs.212 along with premium Rs. 112) | 60,00,000 | Upcoming |
Three Star Hydropower Ltd. (For Local and General Public) | 12,31,250 | Upcoming |
Upakar Laghubitta Bittiya Sanstha Ltd. | 2,66,250 | Upcoming |
River Falls Power Ltd. (For Local and General Public) | 34,30,000 | Upcoming |
Molung Hydropower Company Ltd.(For Local and Public) | 35,31,000 | Upcoming |
Rastra Utthan Laghubitta Bittiya Sanstha | 8,50,000 | Upcoming |
CYC Nepal Laghubitta Bittiya Sanstha Limited | 3,95,335.9704 | Upcoming |
Nepal Electricity Corporation Limited | 4,95,335.9704 | Upcoming |
Emerging Nepal Limited | 5,55,600 | Upcoming |
Jalpa Samudayik Laghubitta Bittiya Sanstha Ltd | 5,22,000 | Upcoming |
Sayapatri Hydropower Ltd.(For Local & Public) | 9,00,000 | Upcoming |
Balephi Hydropower Ltd.(For Local & Public) | 36,55,940 | Upcoming |
Green Ventures Ltd. (For Local & Public) | 62,50,000 | Upcoming |
Upper Solu Hydro Electric Company (For Local & Public) | 33,07,500 | Upcoming |
Dish Media Network Limited | 23,85,929 | Upcoming |
Bindhyabasini Hydropower Development Co. Ltd. | 25,00,000 | Upcoming |
Himalayan Hydropower Limited | 22,50,000 | Upcoming |
Dordi Khola Jalbidhyut Co. Ltd. (For Local & Public) | 29,51,929 | Upcoming |
Upper Hewakhola Hydropower Co. Ltd. (For Local & Public) | 20,00,000 | Upcoming |
NESDO Sambridha Laghubitta Bittiya Sanstha Limited | 8,28,750 | Upcoming |
IME Life Insurance Co Ltd. | 60,00,000 | Upcoming |
Upcoming IPO in Nepal for General Public in 2021/ 2078 | ||
The following is the list of some upcoming IPOs in Nepal in the general public. | ||
Company Name | No. of Units | Open Date |
Samling Power Company IPO for General Public (2078/2021) | 90,00,000 | 04 Kartik 2078 to 08 Kartik 2078 |
Madhya Bhotekoshi Jalvidyut Co. Ltd. | 90,00,000 | 20 Ashoj 2078 to 24 Ashoj 2078 |
Nyadi Hydropower Limited | 22,00,050 | 15 Ashoj 2078 to 19 Ashoj 2078 |
Buddhabhumi Hydropower Company Limited | 8,00,000 | 11 Ashoj 2078 to 15 Ashoj 2078 |
Sahas Urja Limited | 70,00,000 | 06 Ashoj 2078 to 10 Ashoj 2078 |
Terhathum Hydropower Company Limited | 8,00,000 | 09 Bhadra 2078 to 13 Bhadra 2078 |
Manushi Laghubitta Bittiya Sanstha Ltd. | 3,93,750 | 27 Shrawan 2078 to 31 Shrawan 2078 |
Sanima Life Insurance Co. Ltd. | 60,00,000 | 20 Shrawan 2078 to 24 Shrawan 2078 |
Mailung Khola Jal Vidhyut Co. Ltd. | 7,36,286 | 14 Shrawan 2078 to 18 Shrawan 2078 |
Upcoming IPO in Nepal for Local People (2021/2078) | ||
Company Name (Local People) | No. of Units | Open Date |
Nyadi Hydropower Limited | 5,00,000 | 01 Bhadra 2078 to 15 Bhadra 2078 |
Buddha Bhumi Nepal Hydro Power Co. Ltd | 4,00,000 | 32 Shrawan 2078 to 14 Bhadra 2078 |
Sahas Urja Company Ltd. | 35,00,000 | 29 Shrawan 2078 to 11 Bhadra 2078 |
Samling Power Company Pvt. Ltd | 5,00,000 | 22 Shrawan 2078 to 4 Bhadra 2078/Again Re-Open from 18 Bhadra |
Terhathum Power Co. Ltd. | 4,00,000 | 5 Shrawan 2078 to 19 Shrawan 2078 |
Madhya Bhotekoshi Jalvidyut Co. Ltd. | 60,00,000 | 5 Shrawan 2078 to 17 Shrawan 2078 |
Ertugrul को स्टार Engin Altan Duzyatan ने PUBG गेम मा ।
नियमित विद्युत आपूर्ति र सेवा प्रवाह सुधार्न कुलमानले थाले विशेष पहल
नियमित विद्युत आपूर्ति र सेवा प्रवाह सुधार्न कुलमानले थाले विशेष पहल

Wed, Aug 25,2021
प्राधिकरणले विद्युत आपूर्तिलाई नियमित, भरपर्दो तथा सेवा प्रवाहलाई छिटो र सहज बनाउने भएको छ । प्राधिकरणका कार्यकारी कुलमान घिसिङले सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, ७ वटै प्रादेशिक कार्यालयहरु, प्रदेश डिभिजन कार्यालयहरु र शाखाका प्रमुखहरुसँग भर्जुअल बैठक राखी कार्यालयहरुले बेहोरिरहेका समस्याहरुका बारेमा छलफल गरी गुणस्तरीय विद्युत आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिएका छन् ।
रुग्ण बनेका आयोजनाहरुको ठेक्का तोड्न र कुनै ठेकेदारबाट काम हुँदैन जस्तो लागेमा ठेक्का तोड्ने प्रस्ताव ल्याउन आग्रह गरे । कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुखहरुले आफ्नो क्षेत्रमा संरचना अभावमा मागअनुसार विद्युत् दिन नसकिएको, पोल, ट्रान्सफर्मर, मिटरलगायतका अभाव रहेको जानकारी गराएका थिए ।
सवारी लाइसेन्सको लिखित परिक्षा को प्रश्न उत्तर सार्वजनिक । यी कुराहरू जानेकाहरु पास ।
यातायात व्यवस्था विभागले सवारी अनुमति पत्र –लाइसेन्स का लागि आवश्यक पर्ने ५०० ओटा प्रश्न उत्तर संग्रह सार्वजनिक गरेको छ । लाइसेन्स लिखित परीक्षा दिने सेवाग्राहीलाई सहजीकरणको लागि यातायात विभागले यस्तो लिस्ट तयार पारेको हो ।
केहि महिना अघि सवारी चालक अनुमाति पत्र निर्देशिका जारी भएपछि ट्रायल परीक्षा समेतलाई सरलीकृत गरिएको छ ।
तर, अहिले लाइसेन्स आवेदन रोकिएको कारण अंक प्रणालीमा ट्रायल परिक्षा हुन सकेको छैन ।
यातायात विभागका अनुसार यीनै प्रश्न उत्तर संग्रहबाट सवारीचालक अनुमतिपत्र(लाईसेन्स)को लिखित परीक्षामा प्रश्न सोधिने छ ।
विभागले एक सूचना जारी गर्दै अब हुने लिखित परिक्षामा आउनसक्ने प्रश्नहरुलाई समेटेर ५ सय प्रश्न उत्तरहरुको संग्रह सार्वजनिक गरेको हो ।
सवारीचालक अनुमतिपत्र परिक्षा संचालन कार्यविधि निर्देशिका २०७७ का अनुसार उक्त प्रश्नहरु सार्वजनिक गरिएको विभागले जनाएको छ ।
यसअघि गत चैत १९ गते मोटरसाईकल, स्कुटर, मोपेड, कार, जीप तथा डेलिभरी भ्यानको लाईसेन्स परीक्षाका लागि भन्दै उक्त निर्देशिका जारी भई स्वीकृत भईसकेको छ ।
त्यसैगरी विभागले लिने लिखित परिक्षामा प्रकाशित प्रश्न संग्रहबाट प्रत्येक प्रश्नको ५ अंकका दरले २० प्रश्न सोध्ने सूचनामा उल्लेख छ ।
आजदेखि कतार भिसा सेन्टर खुल्यो, दैनिक कति जनाको काम हुन्छ ?
राजविराजमा सरकारी निर्णय अवज्ञा गर्दै स्कुल संचालन गर्ने ११ सञ्चालक र प्रिन्सिपल पक्राउ
कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको विद्यालय बन्दको अवज्ञा गर्दै स्कुल खोलेको भन्दै अनगुमनको क्रममा ११ जना प्रिन्सीपललाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा शिब्स बोर्डिङ्ग स्कुलका सञ्चालक बिष्णुपुर गाउँपालिका–६ निवासी नरेशप्रताप साह, राजविराज–२ स्थित लिटिल फ्लावर सेकेन्ड्री स्कुलका सञ्चालक डा। कामानन्द देव, एञ्जल बोर्डिङ्ग स्कुलका सञ्चालक नरेन्द्रप्रसाद देव, पिस जोन स्कुलका सञ्चालक राजविराज–२ का उमाकान्त साह, राजविराज–१ स्थित सृजना सेकेन्ड्री बोर्डिङ्ग स्कुलका सञ्चालक रिमा झा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
डीएसपी माधवप्रसाद काफ्लेका अनुसार ग्रिन ईङ्ंगलिस बोर्डिङ्ग स्कुलका शिक्षक राजविराज–१ का मनोज यादव, राजविराज–३ स्थित ह्यापील्याण्ड माबिका अनुशासन प्रमुख राजबिराज–५ का शैलेन्द्रकुमार ठाकुर, जानकी सेकेन्ड्री स्कुलका शिक्षक हरीकिसुन राम तथा राजबिराज– ८ स्थित लक्ष्मी ईङ्गलिस बोर्डिङ्ग स्कुलका सञ्चालकहरु राजेशकुमार यादव, बैधनाथ कुमार झा र बुलन्द साह समेत नियन्त्रणमा परेका छन् ।
राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला र राजविराज नगरपालिकाका वडा अध्यक्षहरुसहितको टोलीले राजविराजमा सञ्चालनमा रहेका निजी विद्यालय पुगेर उनीहरुलाई नियन्त्रणमा लिएका हुन् ।
प्रजिअ पोखरेलका अनुसार पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिनु परेको हो ।
पक्राउ गरिएकाहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
उनीहरूमाथि संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
नेपाली सेनाद्वारा अमेरिका र चीन सम्मानित, भारतद्वारा सम्मान अस्वीकार
ITA Award for Ertugrul Serial in India...& giving Thanks to India by Engin
१०० बर्षअघि कस्तो थियो कोरिया?
New Baby weight should after birth
Chart of average weights
The following weights for
Age | 50th percentile weight for male babies | 50th percentile weight for female babies |
Birth | 7.8 lbs. (3.5 kg) | 7.5 lbs. (3.4 kg) |
0.5 months | 8.8 lbs. (4.0 kg) | 8.4 lbs. (3.8 kg) |
1.5 months | 10.8 lbs. (4.9 kg) | 9.9 lbs. (4.5 kg) |
2.5 months | 12.6 lbs. (5.7 kg) | 11.5 lbs. (5.2 kg) |
3.5 months | 14.1 lbs. (6.4 kg) | 13 lbs. (5.9 kg) |
4.5 months | 15.4 lbs. (7.0 kg) | 14.1 lbs. (6.4 kg) |
5.5 months | 16.8 lbs. (7.6 kg) | 15.4 lbs. (7.0 kg) |
6.5 months | 18 lbs. (8.2 kg) | 16.5 lbs. (7.5 kg) |
7.5 months | 19 lbs. (8.6 kg) | 17.4 lbs. (7.9 kg) |
8.5 months | 20.1 lbs. (9.1 kg) | 18.3 lbs. (8.3 kg) |
9.5 months | 20.9 lbs. (9.5 kg) | 19.2 lbs. (8.7 kg) |
10.5 months | 21.6 lbs. (9.8 kg) | 19.8 lbs. (9.0 kg) |
11.5 months | 22.5 lbs. (10.2 kg) | 20.7 lbs. (9.4 kg) |
12.5 months | 23.1 lbs. (10.5 kg) | 21.4 lbs. (9.7 kg) |
आईएमई सप्तरीका सञ्चालक मारबाडी दाजुभाई सेवाग्राहीको करोडौं रकम लिएर फरार
आईएमई सप्तरीका सञ्चालक मारबाडी दाजुभाई सेवाग्राहीको करोडौं रकम लिएर फरार
विदेशमा आफन्तले कमाएर पठाएको विभिन्न व्यक्तिको करोडो रुपैया लिएर राजविराजका चर्चित व्यपारि, जग्गा कारोबारी तथा एक र्फमका संचालक दाजुभाई तीन दिन देखी करोडो रकम लिएर सम्र्पक विहिन भए पछि यहाँ खैलाबैला मच्चिएको छ ।
राजविराज ७ स्थित गजेन्द्र चौकमा कपडा पसल र छेउमे आइएमइको शाखा समेत खोलेर कारोबार संचालन गर्दै आएका सुनिल सिंधि र उनका भाई संजय सिन्धी तीनदिन देखी करोडौं रकम लिएर सम्पर्कबिहीन भएपछि खैलाबैला मच्चिएको हो । आफ्नो नाममा भएको सबै सम्पत्ति गोप्य ढंगले बिक्रि गरिसकेका सिन्धी दाजुभाई ठूलो रकम हिनामिना गरि फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विदेशबाट पठाएको पैसा आफन्तले लिन जाँदा तिन दिन अघि कतिपयसँग भुक्तानी लिएको रसिदमा सही छाप गराएर पनि कहिले कम्प्युटर खराब भो, त कहिले नेट बिक्रेको छ भन्दै भुक्तानी नदिएर भोलीपर्सी आउनु भनी फर्काइदिने गरेकोमा अहिले फरार भएपछि आफूहरु बिचल्लीमा परेको पीडितहरुले बताए ।
पीडित मध्येका विष्णुपुर गाउँपालिका ७ का बिन्देश्वर मण्डलले मलेशियाबाट छोरा प्रमोदले २ लाख १८ हजार रुँपैया पठाएको सुनाए । उनले भने, पैसा भुक्तानी लिन आउँदा कागजमा पहिले नै सही गराएपनि दुई दिनपछि आउन भन्दै भुक्तानी दिएनन्, फेरी बुधबार बोलाए, उनले थपे तर, बुधबार आउँदा दाजुभाई नै फरार भइसकेको थाहा पाएपछि हामी निकै समस्यामा परेका छौं ।
त्यस्तै गुनासो पोखिन डाक्नेश्वरी नगरपालिका २ की लालो खतुनले पनि । बहिनीको विहाका लागि छोराले कतारबाट आफ्नो नाममा पठाएको ९ लाख रुँपैया एक साता अघि नै भुक्तानी लिन आएकोमा, विहेको बेलामा लैजानु होला पैसा यही सुरक्षित रहन्छ भन्दै आइएमकीका संचालक सिन्धी दाजुभाईले भनेपछि निज कहा नै छाडेको पैसा सात दिनपछि बुधबार लिन आउँदा अफिस नै बन्द गरि फरार रहेको देख्दा आफ्नो होसहवासै उडेको उनले रुदै सुनाईन् ।
यस्तै महदेवा गाउँपालिका २ का बिनोद मण्डल, श्यामादेवी मण्डल, बिष्णुपुर गाउँपालिकाका रामप्रित यादव, राजगढ गाउँपालिकाका दिनेश मण्डल, राजविराज ७ का श्रवण दास, डाक्नेश्वर नगरपालिका ५ का महेश महतो, सत्रुहन मण्डल लगायतका गरि २ करोड भन्दा बढी रकम भुक्तानी नपाएको भन्दै बुधबार प्रहरीमा उजुरी दिएका छन् । यस्तै भुक्तानी लिन बाँकी रहेकाहरु ठूलो संख्यामा आउने क्रम जारि नै रहेकाले ५० करोड भन्दा बढी रकम घोटला भएको अनुमान गरिएको छ । जग्गा कारोबारी समेत रहेका आइएमी संचालक दुबै दाजुभाईले प्रयोग गर्ने मोबाइल नं. ९८०१५०००११ र ९८१५७१४५३५ लगातार स्विच अफ रहनु तथा फरार भएपछि अहिले उजुरी दिन जिल्ला प्रहरी कार्यालय सप्तरीमा पीडितहरुको ओइरो लागेको छ ।
डिएसपी भुवनेश्वर साहले पीडितहरु सबैको जाहेरी लिने कामसँगै यस बारे आवश्यक अनुसन्धान पनि सुरु गरिएको बताए । पीडितहरुलाई न्याय दिलाउन प्रहरीले आफ्नो साधनश्रोतले भ्याएसम्म सबै प्रबिधीको प्रयोग गर्छ, डिएसपी साहले भने, दोषि पत्ता लगाई कानुनी शिकंजामा ल्याउन कुनै कसर बाँकी राखिदैन् ।
शिक्षिका आवश्यकता ।।
चन्द्रागिरी हिल्स लिमिटेड शेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुट
चन्द्रागिरी हिल्स लिमिटेड को (chandragiri) पौष २९ गते बुधबार ११ औं बर्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा चन्द्रागिरी हिल्सले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्ने कम्पनीले जनाएको छ । यो योजना माघ ५ देखि एक बर्ष सम्मको लागि मान्य हुनेछ ।
Whats App मा अब कुनै privacy रहेन . हालसालै तपाई ले पनि Message पाउनु भएको होला
Whats App मा अब कुनै privacy रहेन . हालसालै तपाई ले पनि Message पाउनु भएको होला .
भिडीयो हेरौ .
बदलिँदै सवारीको ‘ट्रायल’ : ६० प्रतिशत अंक ल्याउनेलाई लाइसेन्स दिन प्रस्ताव
८ पुस, काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्ने तयारी गरेको छ । अब प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क (फुलमार्क) कायम गरिने भएको छ । सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न लागिएको हो ।
अहिले प्रयोगात्मक परीक्षाका सबै प्यारामिटरमा शतप्रतिशत अंक ल्याउनुपर्छ । ट्रायल दिँदा एउटा मात्रै गल्ती भयो भने परीक्षामा फेल गराइन्छ । हाल प्रयोगात्मक परीक्षा दिँदा सडकमा राम्रो सवारी चलाउन नसक्नेले पनि सबै प्याराममिटर सजिलै पार गर्न नसक्ने अवस्था रहेकाले अब उत्तीर्णाङ्क तोकेर परीक्षा लिने व्यवस्था गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए
‘धेरैले सडकमा चलाउन नजान्ने भएपनि पनि ड्राइभिङ सेन्टरमा पाँच दिन सिक्दा सजिलै ट्रायल पास गर्छन्, तर सडकमा गज्जबले सवारी चलाउन सक्नेले ट्रायल सेन्टरमा पुगेर परीक्षा पास गर्न सक्दैनन्,’ मन्त्रालयका ती अधिकारी भन्छन्,’यसरी एउटा गल्ती भएकै आधारमा ट्रयालमा फेल गर्नु जायज हुन्न भन्ने हाम्रो निष्कर्ष हो ।’
अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ भने सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ । त्यसका आधारमा पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याउनेलाई चालक अनुमतिपत्र दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले बताएको छ । अब फिगर-8 टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, र्याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक-फरक अंकभर दिएर परीक्षा लिइनेछ । त्यसमध्ये कुनै प्यारामिटरमा गल्ती गरेपनि तोकिएको अंकभार पार गरेमा सवारी लाइसेन्स लिन पाइनेछ ।
यो व्यवस्थापछि नक्कली लाइसेन्स लिने र घुस दिएर सवारी चालक अनुमतिपत्र निकाल्ने प्रवृत्तिमा पनि कमी आउने मन्त्रालयको दावी छ । ‘३ पटकसम्म ट्रायल पास गर्न नसकेपछि चालकहरु सिधै बिचौलियाकोमा पैसा बोकेर पुग्छन्,’ मन्त्रालय स्रोत भन्छ,’यातायात कार्यालयकाम कतिय कर्मच्ारीबाट अवैध रुपमा लाइसेन्स निकाल्दिने धन्दा रोक्न सकिएको छैन, त्यसैले ट्रायल परीक्षालाई व्यवहारिक बनाउन खोजेका हौं ।’
यसले अदक्ष चालकहरुले लाइसेन्स पाउने सम्भावना हुँदैन ? भन्ने अनलाइनखबरको प्रश्नमा मन्त्रालयका अधिकारी भन्छन्,’घुस लिएर चलाउनै नजान्नेले पनि लाइसेन्स लिइरहेका छन्, तिनिहरुसँग भन्दा ६० प्रतिशत अंक ल्याएर पास गर्नेहरु धेरै दक्ष हुन्छन् ।’
यस्तो व्यवस्थापछि ट्रायल पास गर्न नसक्ने भन्दै आत्मविश्वास गुमाएका चालकहरु पनि अवैध बाटोबाट लाइसेन्स निकाल्न नजाने सरकारी दावी छ ।
श्रोत : onlinekhabar