Updates you Always

MCC विरुद्ध सबै एक हौ ।

Share:

एमसीसीबारे छलफल गर्न ३ सदस्यीय कार्यदल गठन


सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् । 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बसेको थियो । सो बैठकले एमसीसीका सम्बन्धमा टुंगोमा पुग्न तीन नेतालाई जिम्मेवारी दिएको हो । कार्यदलले एमालेलगायत अन्य दलहरुसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्षमा पुग्ने गठबन्धनका एक नेताले रातोपाटीलाई बताए ।

तीन सदस्यीय कार्यदल गठनलगत्तै आइतबार बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा काँग्रेसबाहेक सबै दलका नेताले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने अडान राखेका थिए । सर्वदलीय बैठकमा डाकिएपनि प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित रहेको थियो । गठबन्धनको बैठकले एमालेसँग समेत छलफल गर्ने जिम्मेवारी कार्यदललाई दिएको एक नेताले बताए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा हुँदा एमसीसी पारित हुनुपर्ने बताउँदै आएपनि सरकारबाट बाहिरिएपनि भने एमसीसीबारे अस्पष्ट धारणा राख्दै आएको छ । 
श्रोत : रातोपाटी
Share:

www.mdniyaj.com.np

Search This Blog

Powered by Blogger.

My Openion and Suggestion .मेरो विचार अनि तर्क .

Bollywood Box Office Collection Reports & Verdict on all over India only ( 2022-2021)

  Movie Opening Weekend First Week Total Collection (India) Worldwide Collection Verdict Bhediya 7.48 cr 28.55 cr --- 28.55 cr --- --- Drish...