इरानका शीर्ष परमाणु वैज्ञानिकको ह’त्या – इजरायलको हात रहेको इरानको दाबी, बदला लिने चेतावनी
इरानी सञ्चारमाध्यमका अनुसार उनलाई राजधानी तेहराननजिकैको अबसार्ड सहरमा एम्बुस आ;क्रमण गरिएको थियो । आ;क्रमणमा गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको इरानी रक्षा मन्त्रालयले बताएको छ ।
इरानका विदेश मन्त्री मोहम्मद जवाद जरिफले फखरीजादेहको ह’त्याको निन्दा गर्दै यसलाई ‘राज्य प्रायोजित आतंक’ को संज्ञा दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘आतंकवादीहरुले इरानका प्रख्यात वैज्ञानिकको ह’त्या गरेका छन् ।’