Updates you Always

इरानका शीर्ष परमाणु वैज्ञानिकको ह’त्या

इरानका शीर्ष परमाणु वैज्ञानिकको ह’त्या – इजरायलको हात रहेको इरानको दाबी, बदला लिने चेतावनी

मोहसिन फखरीजादेह इरानका प्रमुख परमाणु वैज्ञानिक तथा आईआरजीसीका वरिष्ठ अधिकारी थिए । सन् २०१५ मा न्युयोर्क टाइम्सले फखरीजादेहको तुलना रोबर्ट ओपनहाइमरसँग तुलना गरेको थियो । ओपनहाइमर म्यानहट्टन परियोजनाका अगुवा थिए जसले दोस्रो विश्वयुद्धका बेला पहिलो परमाणु बम बनाएका थिए ।

इरानी सेनाको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स(आईआरजीसी) ले इरानले आफ्ना वैज्ञानिकको ह’त्याको बदला लिइछाड्ने बताएको छ । आईआरजीसीका मेजर जनरल हुसेन सलामीले भनेका छन्, ‘परमाणु वैज्ञानिकको ह’त्या गरेर हामीलाई आधुनिक विज्ञानसम्म पुग्ने रोक्ने प्रयास गरिएको छ ।’

सन् २०१८ को अप्रिलमा इरानको आणविक कार्यक्रमका बारेमा एउटा प्रस्तुति दिने क्रममा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इरानी वैज्ञानिक फखरीजादेहको नाम उल्लेख गरेका थिए । इजरायलले भने आफूमाथि लागेको आरोपको अहिलेसम्म प्रतिक्रिया दिएको छैन ।

इरानी सञ्‍चारमाध्यमका अनुसार उनलाई राजधानी तेहराननजिकैको अबसार्ड सहरमा एम्बुस आ;क्रमण गरिएको थियो । आ;क्रमणमा गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको इरानी रक्षा मन्त्रालयले बताएको छ ।

इरानका विदेश मन्त्री मोहम्मद जवाद जरिफले फखरीजादेहको ह’त्याको निन्दा गर्दै यसलाई ‘राज्य प्रायोजित आतंक’ को संज्ञा दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘आतंकवादीहरुले इरानका प्रख्यात वैज्ञानिकको ह’त्या गरेका छन् ।’

Share:

0 comments:

Post a Comment

www.mdniyaj.com.np

Search This Blog

Powered by Blogger.

My Openion and Suggestion .मेरो विचार अनि तर्क .

Bollywood Box Office Collection Reports & Verdict on all over India only ( 2022-2021)

  Movie Opening Weekend First Week Total Collection (India) Worldwide Collection Verdict Bhediya 7.48 cr 28.55 cr --- 28.55 cr --- --- Drish...