Updates you Always

नेपाली सेनाद्वारा अमेरिका र चीन सम्मानित, भारतद्वारा सम्मान अस्वीकार

काठमाडौं। छिमेकी मुलुक भारतका नेपालका लागि राजदूत विनयमोहन क्वात्रा र भारतीय सेनाका नेपालस्थित प्रतिनिधि सैनिक सहचरी कर्णेल अभिनिष जाम्बियालले नेपाली सेनाले प्रदान गरेको प्रशंसा एवं पदकलाई अस्वीकार गरेका छन्।
महाशिवरात्रिका दिन नेपाली सेना दिवस २०७७ को उपलक्ष्यमा सैनिक मञ्च टुंडिखेलमा आयोजित एक विशेष समारोहमा विश्वका तीन मुख्य शक्तिशालीमध्येका देशहरुलाई प्रशंसापत्र एवं सम्मान व्यक्त गर्ने कार्यक्रम तय भएको थियो।
जसमा संयुक्त राज्य अमेरिका, चीन र भारत थिए। नेपाल र नेपालीका लागि नेपाली सेनामार्फत महामारीको समयमा उल्लेखनीय सहयोग पुर्याएको आधारमा यी देशहरुलाई सैनिक दिवसको दिन नेपाली सेनाले प्रशंसा गर्दै सम्मान पत्र दिने निर्णय गरेको थियो।
समाचारअनुसार, कार्यक्रममा तीनै मुलुकका राजदूतहरु र्याण्डी बेरी (अमेरिका), होऊ यान्सी (चीन) र विनयमोहन क्वात्रा (भारत)को सहभागिता पनि थियो।
अमेरिकी राजदूत बेरी र चीनकी राजदूत यान्सीले नेपाली सेनाको प्रशंसालाई सहर्ष स्वीकार गरेका थिए। अमेरिकी राजदूत बेरी र चीनकी राजदूत यान्सीले नेपाली सेनाको प्रशंसालाई सहर्ष स्वीकार गरेका थिए। यी दुबै मुलक मध्ये अमेरिकाका सैनिक सहचारीले पनि प्रधान सेनापति प्रशंसा निशान सम्मान स्वीकार गरेका थिए।

तर, भारतका राजदूत क्वात्रा एवं सैनिक सहचरी दुबैले नेपाली सेनाले दिएको सम्मान स्वीकार गरेनन्। भारतीय राजदूत र सैनिक सहचरीले अस्वीकार गरेपछि उनीहरुको नाम सैनिक मञ्च टुंडिखेलमा आयोजित समारोहबाट सार्वजानिक गरिएन। तर, अमेरिका र चीनका राजदूत एवं अमेरिकाका सैनिक सहचरीलाई सोही कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रशंसापत्र दिएर सम्मान गरेका थिए।

स्रोतका अनुसार, भारतका राजदूत र सैनिक सहचारीले आफ्नो देशको प्रोटोकलका कारण आफूहरुले नेपाली सेनाको सम्मान ग्रहण गर्न नसकेको प्रष्टिकरण दिएका छन्।

तर, उनीहरुले भारतको के त्यस्तो प्रोटोकल छ जसले नेपाली सेनाले दिएको सम्मानपत्र लिन मिल्दैन भन्ने चाहिं खुलाएका छैनन्। के त्यो प्रोटोकल नेपालका लागि मात्र हो? होइन भने भारतका राजदूतहरुले युएई र थाइल्याण्डले दिएको सम्मान ग्रहण गरिसकेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी प्रथम भन्ने नीति लिएर सत्तारोहण गरेको भए पनि नेपाल प्रतिको यो रबैयाले छिमेकी प्रथम भन्ने नीतिलाई चुनौति दिएको प्रष्टै छ।

यो प्रकरणपछि अव नेपाली सेनाले भारतीय सेना र भारत सरकारका प्रतिनिधिलाई भविष्यमा किन सम्झने? उनीहरुले गरेको सहयोगका लागि किन धन्यवाद ज्ञापन गर्ने? भन्ने प्रश्न पनि उठेका छन्।

भारत सरकार र भारतीय सेनाले नेपाली सेनाले दिएको सम्मान अस्वीकार गरेको यो पहिलोपल्ट भने होइन।
Share:

you add here


Share:

ITA Award for Ertugrul Serial in India...& giving Thanks to India by Engin

तुर्की सीरियल #Ertuğrulghazi मे अपने बेहतरीन अभिनय से दुनिया को क़ायल करने वाले Engin Altan DÜZYATAN  (एर्तुग्रुल ग़ाज़ी) को इंडियन टेलीविजन अकादमी (ITA) अवार्ड दिया गया है,यह अवार्ड इसलिए दिया गया क्योंकि इस सीरीज़ को उर्दू वर्ज़न में रिलीज़ होने के बाद भारत व पाकिस्तान में भी 284 करोड़ बार देखा गया,जिसके दर्शक भारतीय अधिक बने, इस अवार्ड की ख़बर किसी भारतीय मीडिया हाउस की ख़बरों में नही है,अवार्ड हासिल करने के बाद Ertugrul Ghazi ने अपने इंस्टाग्राम अकाउंट की स्टोरी के माध्यम से सभी भारतीयों का धन्यवाद अदा किया।
नोट : न्यूज Geo News English व The News में पब्लिश हुई है जसिका लिंक संग्लन https://www.google.com/amp/s/www.geo.tv/amp/338326-ertugrul-star-engin-altan-receives-indian-television-academy-award

https://www.thenews.com.pk/amp/800058-engin-altan-aka-ertugrul-thanks-india-as-he-receives-indian-television-academy-award
Share:

१०० बर्षअघि कस्तो थियो कोरिया?

 “A picture is worth a thousand words”. यो भनाईलाई प्रमाणित गर्ने दक्षिण कोरियाको १ सय बर्ष अगाडीका फोटोहरु आज राख्न गइरहेको छु। यि फोटाहरु सन १८९० देखि १९०३ सम्म कोरिया आएका विदेशी पर्यटकहरुले खिचेका हुन्। तस्बिर आफै बोल्छ । 
Share:

New Baby weight should after birth

Chart of average weights

The following weights for maleTrusted Source and femaleTrusted Source babies are from the World Health Organization (WHO). Both the Centers for Disease Control and Prevention (CDC) and American Academy of Pediatrics recommend using WHO’s charts for children up to 2 years old.

Here’s a breakdownTrusted Source for the first year:

Age50th percentile weight for male babies50th percentile weight for female babies
Birth7.8 lbs. (3.5 kg)7.5 lbs. (3.4 kg)
0.5 months8.8 lbs. (4.0 kg)8.4 lbs. (3.8 kg)
1.5 months10.8 lbs. (4.9 kg)9.9 lbs. (4.5 kg)
2.5 months12.6 lbs. (5.7 kg)11.5 lbs. (5.2 kg)
3.5 months14.1 lbs. (6.4 kg)13 lbs. (5.9 kg)
4.5 months15.4 lbs. (7.0 kg)14.1 lbs. (6.4 kg)
5.5 months16.8 lbs. (7.6 kg)15.4 lbs. (7.0 kg)
6.5 months18 lbs. (8.2 kg)16.5 lbs. (7.5 kg)
7.5 months19 lbs. (8.6 kg)17.4 lbs. (7.9 kg)
8.5 months20.1 lbs. (9.1 kg)18.3 lbs. (8.3 kg)
9.5 months20.9 lbs. (9.5 kg)19.2 lbs. (8.7 kg)
10.5 months21.6 lbs. (9.8 kg)19.8 lbs. (9.0 kg)
11.5 months22.5 lbs. (10.2 kg)20.7 lbs. (9.4 kg)
12.5 months23.1 lbs. (10.5 kg)21.4 lbs. (9.7 kg)
Share:

आईएमई सप्तरीका सञ्चालक मारबाडी दाजुभाई सेवाग्राहीको करोडौं रकम लिएर फरार

आईएमई सप्तरीका सञ्चालक मारबाडी दाजुभाई सेवाग्राहीको करोडौं रकम लिएर फरार

विदेशमा आफन्तले कमाएर पठाएको विभिन्न व्यक्तिको करोडो रुपैया लिएर राजविराजका चर्चित व्यपारि, जग्गा कारोबारी तथा एक र्फमका संचालक दाजुभाई तीन दिन देखी करोडो रकम लिएर सम्र्पक विहिन भए पछि यहाँ खैलाबैला मच्चिएको छ ।

राजविराज ७ स्थित गजेन्द्र चौकमा कपडा पसल र छेउमे आइएमइको शाखा समेत खोलेर कारोबार संचालन गर्दै आएका सुनिल सिंधि र उनका भाई संजय सिन्धी तीनदिन देखी करोडौं रकम लिएर सम्पर्कबिहीन भएपछि खैलाबैला मच्चिएको हो । आफ्नो नाममा भएको सबै सम्पत्ति गोप्य ढंगले बिक्रि गरिसकेका सिन्धी दाजुभाई ठूलो रकम हिनामिना गरि फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विदेशबाट पठाएको पैसा आफन्तले लिन जाँदा तिन दिन अघि कतिपयसँग भुक्तानी लिएको रसिदमा सही छाप गराएर पनि कहिले कम्प्युटर खराब भो, त कहिले नेट बिक्रेको छ भन्दै भुक्तानी नदिएर भोलीपर्सी आउनु भनी फर्काइदिने गरेकोमा अहिले फरार भएपछि आफूहरु बिचल्लीमा परेको पीडितहरुले बताए ।

पीडित मध्येका विष्णुपुर गाउँपालिका ७ का बिन्देश्वर मण्डलले मलेशियाबाट छोरा प्रमोदले २ लाख १८ हजार रुँपैया पठाएको सुनाए । उनले भने, पैसा भुक्तानी लिन आउँदा कागजमा पहिले नै सही गराएपनि दुई दिनपछि आउन भन्दै भुक्तानी दिएनन्, फेरी बुधबार बोलाए, उनले थपे तर, बुधबार आउँदा दाजुभाई नै फरार भइसकेको थाहा पाएपछि हामी निकै समस्यामा परेका छौं ।

त्यस्तै गुनासो पोखिन डाक्नेश्वरी नगरपालिका २ की लालो खतुनले पनि । बहिनीको विहाका लागि छोराले कतारबाट आफ्नो नाममा पठाएको ९ लाख रुँपैया एक साता अघि नै भुक्तानी लिन आएकोमा, विहेको बेलामा लैजानु होला पैसा यही सुरक्षित रहन्छ भन्दै आइएमकीका संचालक सिन्धी दाजुभाईले भनेपछि निज कहा नै छाडेको पैसा सात दिनपछि बुधबार लिन आउँदा अफिस नै बन्द गरि फरार रहेको देख्दा आफ्नो होसहवासै उडेको उनले रुदै सुनाईन् ।

यस्तै महदेवा गाउँपालिका २ का बिनोद मण्डल, श्यामादेवी मण्डल, बिष्णुपुर गाउँपालिकाका रामप्रित यादव, राजगढ गाउँपालिकाका दिनेश मण्डल, राजविराज ७ का श्रवण दास, डाक्नेश्वर नगरपालिका ५ का महेश महतो, सत्रुहन मण्डल लगायतका गरि २ करोड भन्दा बढी रकम भुक्तानी नपाएको भन्दै बुधबार प्रहरीमा उजुरी दिएका छन् । यस्तै भुक्तानी लिन बाँकी रहेकाहरु ठूलो संख्यामा आउने क्रम जारि नै रहेकाले ५० करोड भन्दा बढी रकम घोटला भएको अनुमान गरिएको छ । जग्गा कारोबारी समेत रहेका आइएमी संचालक दुबै दाजुभाईले प्रयोग गर्ने मोबाइल नं. ९८०१५०००११ र ९८१५७१४५३५ लगातार स्विच अफ रहनु तथा फरार भएपछि अहिले उजुरी दिन जिल्ला प्रहरी कार्यालय सप्तरीमा पीडितहरुको ओइरो लागेको छ ।

डिएसपी भुवनेश्वर साहले पीडितहरु सबैको जाहेरी लिने कामसँगै यस बारे आवश्यक अनुसन्धान पनि सुरु गरिएको बताए । पीडितहरुलाई न्याय दिलाउन प्रहरीले आफ्नो साधनश्रोतले भ्याएसम्म सबै प्रबिधीको प्रयोग गर्छ, डिएसपी साहले भने, दोषि पत्ता लगाई कानुनी शिकंजामा ल्याउन कुनै कसर बाँकी राखिदैन् ।

श्रोत : janakpurtoday
Share:

www.mdniyaj.com.np

Search This Blog

Powered by Blogger.

My Openion and Suggestion .मेरो विचार अनि तर्क .

Bollywood Box Office Collection Reports & Verdict on all over India only ( 2022-2021)

  Movie Opening Weekend First Week Total Collection (India) Worldwide Collection Verdict Bhediya 7.48 cr 28.55 cr --- 28.55 cr --- --- Drish...