Updates you Always

आजदेखि कतार भिसा सेन्टर खुल्यो, दैनिक कति जनाको काम हुन्छ ?

जेठ २४, काठमाडौँ | कोरोना संक्रमण फैलिदै गएपछि बन्द भएको नेपाल स्थित कतार भिसा सेन्टर आजदेखि खुल्ने भएको छ । नेपाल र कतारबीच हवाई सेवा सुरु भएसंगै काठमाडौँ स्थित कतार भिसा सेन्टर खुल्ने भएको हो ।

कतार भिसा सेन्टरले समेत आजदेखि कार्यालयको अप्रेशन र अपोइन्टमेन्ट खुलेको जानकारी गराईसकेको छ । भिसा सेन्टरका अनुसार आज र भोली दैनिक ५० जनाको र जुन ९ देखि हरेक दिन २०० जनाको दरले काम हुने जनाएको छ ।
नेपाल स्थित कतार भिसा सेन्टरले कतारमा वैदेसिक रोजगारमा जाने नेपाली कामदारहरुको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठाछापको सेवा दिंदै आएको छ । त्यस्तै सेन्टरमा कतार जाने नेपाली कामदारको सक्कली करारपत्रमा हस्ताक्षरको प्रक्रिया गर्न सकिन्छ ।
यसको अलावा कतार भिसा सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका काम नेपालबाट पुरा गर्न सकिन्छ । जसको कारण नेपालीहरुले कतारमा पुग्नासाथ कतार आइडी प्राप्त गर्न सक्दछन् ।
कतार भिसा सेन्टरबाट निःशुल्क सेवा पाइन्छ । बायोमेट्रिक र स्वास्थ्य परीक्षण गर्दा लाग्ने शुल्क रोजगारदाताले नै कतारको मिनिस्ट्री अफ इन्टेरियरलाई तिरिदिएको हुने हुनाले कतार भिसा सेन्टरले दिने सेवा निशुल्क हुन्छ । साथै भिसा सेन्टरबाट वैदेशिक रोजगारमा जानेहरुले कतारमा पाउने सेवा सुविधा सहितको करार सम्झौताबारे सेन्टरबाटै जानकारी पाइन्छ ।
पछिल्लो समय केहि म्यानपावर कम्पनी तथा कतार पठाउने एजेन्टहरुले कतारमा वैदेशिक रोजगारीमा पठाउने क्रममा कतार भिषा सेन्टरमा छुट्टै पैसा तिर्नुपर्ने भन्दै कामदारसँग अशुली मागेको वैदेशिक रोजगार एप मार्फत गुनाशो बढेको छ । सेन्टरले नेपाली कामदारसंग कुनै आर्थिक अशुली नगर्ने स्पष्ट पार्दै आएको छ ।

श्रोत : साझा सबल 

Share:

0 comments:

Post a Comment

www.mdniyaj.com.np

Search This Blog

Powered by Blogger.

My Openion and Suggestion .मेरो विचार अनि तर्क .

Bollywood Box Office Collection Reports & Verdict on all over India only ( 2022-2021)

  Movie Opening Weekend First Week Total Collection (India) Worldwide Collection Verdict Bhediya 7.48 cr 28.55 cr --- 28.55 cr --- --- Drish...