चन्द्रागिरी हिल्स लिमिटेड को (chandragiri) पौष २९ गते बुधबार ११ औं बर्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा चन्द्रागिरी हिल्सले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
चन्द्रागिरी हिल्सको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्यून रहेकाले सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो योजना सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७४६ आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्ने कम्पनीले जनाएको छ । यो योजना माघ ५ देखि एक बर्ष सम्मको लागि मान्य हुनेछ ।
0 comments:
Post a Comment