Updates you Always

गजेन्द्र नारायण सिंह अस्पतालको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै छानबिन गर्न माग

गजेन्द्र नारायण सिंह अस्पतालको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै छानबिन गर्न माग गरियो ।
सप्तरी, ५ कात्तिक । सप्तरीमा एक नवजात शिशुको अस्पताल र डाक्टरका लापरबाहीले मृत्यु भएको भन्दै परिवारले कारबाहीका लागि माग गरेको छ । सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. ५ की २९ वर्षीया मौसमी सरकारको असोज ३० गते शुक्रबारका दिन गजेन्द्र नारायण सिंह अस्पतालमा सफल शल्यक्रियाद्वारा प्रसुति गराईएको थियो । उनले ३२ सय ग्रामको शिशुलाई जन्म दिएकी थिइन् । तर, अस्पतालमा एक पटक पनि बाल रोग विशेषज्ञ नआउँदा शिशुको मृत्यु भएको भन्दै परिवारले छानबिनका लागि नेपाल मेडिकल काउन्सिलमा उजुरी समेत गरेको छ ।   डा।उषा देव र डा।दिलिप साह तथा उनका सहयोगी स्टाफ नर्सहरुको टोलीले शिशुको जन्म भएपनि अस्पतालको अपरेशन कक्षमा बाल रोग विशेषज्ञले चेकजाँच गरेका थिएनन् ।

डा.उषा देव र डा.दिलिप साह तथा उनका सहयोगी स्टाफ नर्सहरुको टोलीले शिशुको जन्म भएपनि अस्पतालको अपरेशन कक्षमा बाल रोग विशेषज्ञले चेकजाँच गरेका थिएनन् ।
मृत्यु भएका शिशुका बुबा पंकज कुमार सरकारले भने, ‘आमाको दुध नआउने, बच्चा रुने, शरीर काम्ने जस्तो समस्या देखिएपछि नर्सलाई जानकारी गराएको र उनले बच्चा भोकले रुदैछ भनेर जवाफ फर्काएको भन्दै नर्सकै सल्लाहमा बच्चालाई ल्याक्टोजिन दिन थालेको थियौं । तरपनि बच्चा जन्मिएपछि एक पटक पनि बाल रोग विशेषज्ञ हेर्न आएनन् ।’
सरकारले बच्चाको डाक्टरलाई बोलाईदिनुस् भनेर आग्रह गरेपनि अस्पतालले वेवास्ता गरेको भन्दै  कात्तिक १ गते शनिबारका दिन राति साढे १० बजे बच्चा रुने, जिउँ तातो हुने र नर्सले पनि झर्केर बोल्दै फर्काएको बताए । सरकारले थपे, ‘कात्तिक २ गते आईतबार बिहान ३ बजे बच्चा झन् बढी रुन थालेपछि उसको अवस्थापनि कमजोर हुँदै गएको देखेर नर्सलाई भन्न जाँदा कोहीपनि नआएको र अस्पतालमा डाक्टर पनि उपस्थित नहुँदा म आत्तिए ।’ सरकारका अनुसार फोनमा एक जना डाक्टरसँग सम्पर्क हुँदा आफू अस्पतालमा नभएको बताए । अर्का डाक्टर ललन रौनियारसँग कुरा हुँदा उनले बच्चा बाहिर लिएर जानु पर्छ भनेर जवाफ दिएका थिए ।  डा रौनियारसँग कुराकानी र अस्पतालमा नर्सलाई खोज्न जाँदा सम्म ढिलो भइसकेको भन्दै सरकारले धरान रेफर गरेपछि बाटोमै छोराको मृत्यु भइसकेको बताए । उनले धरान पुगेपछि डाक्टरले बच्चाको आधा घन्टा पहिले नै बाटोमै मृत्यु भइसकेको जानकारी गराएको बताए । अस्पतालको लापरबाहीकै कारण आफ्नो बच्चाको मृत्यु भएको भन्दै सरकारले जिल्ला घटनाबारे छानबिनका लागि अस्पताल प्रशासनलाई पनि आग्रह गरेका छन् । उनले अस्पतालको अव्यवस्थित वातावरण र डाक्टरको लापरबाहीका कारण आफ्नो छोराको मृत्यु भएको आरोप लगाएका छन् । यता अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. रञ्जीत झाले ७२ घन्टाको समय माग गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याइएने आश्वासन दिएका छन् । घटनाबारे विस्तुत बुझेर सत्यतथ्य छानबिन गरिने पनि डा झाले बताएको मृतक शिशुका बुबा सरकारले जानकारी दिए ।

Source: https://www.hamrodoctornews.com/detail/17816
Share:

0 comments:

Post a Comment

www.mdniyaj.com.np

Search This Blog

Powered by Blogger.

My Openion and Suggestion .मेरो विचार अनि तर्क .

Bollywood Box Office Collection Reports & Verdict on all over India only ( 2022-2021)

  Movie Opening Weekend First Week Total Collection (India) Worldwide Collection Verdict Bhediya 7.48 cr 28.55 cr --- 28.55 cr --- --- Drish...